काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी महासमिति बैठकमा पेश गरिने प्रस्तावमा गठबन्धनको छाया देखिएको उल्लेख गरेका छन्।
शुक्रबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा तीन प्रस्तावमाथि १६ बुँदे धारणा राख्दै कोइरालाले पार्टीका प्रस्ताव मौलिक हुनुपर्नेमा गठबन्धनको छाया देखिएको टिप्पणी गरेका हुन्।
‘यहाँ प्रस्तुत हुने प्रतिवेदन र दस्तावेजहरू हेर्दा कताकता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो,’ कोइरालाले भने, ‘महासमिति बैठकमा प्रस्तुत हुने प्रस्ताव कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो, त्यो देखिएन।’
उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव तयार पारेका हुन्। खड्का अहिलेको गठबन्धन सरकारमा उपप्रधान तथा रक्षामन्त्री छन्।
नीति प्रस्तावमा गठबन्धन गर्नु परेका विषयमा खड्काले मिश्रित निर्वाचन प्रणाली भएको र कुनै एक दलले बहुमत ल्याउन नसक्ने स्थितिका कारण भन्ने उल्लेख गरेका थिए भने गठबन्धन सरकारको आलोचना गरिएको थिएन।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend