Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शेखर कोइराला भन्छन्- कांग्रेस महासमितिमा पेश हुने प्रस्तावमा गठबन्धनको छाया देखियो


    शुक्रबार, फाल्गुन ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी महासमिति बैठकमा पेश गरिने प्रस्तावमा गठबन्धनको छाया देखिएको उल्लेख गरेका छन्।

    शुक्रबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा तीन प्रस्तावमाथि १६ बुँदे धारणा राख्दै कोइरालाले पार्टीका प्रस्ताव मौलिक हुनुपर्नेमा गठबन्धनको छाया देखिएको टिप्पणी गरेका हुन्।

    ‘यहाँ प्रस्तुत हुने प्रतिवेदन र दस्तावेजहरू हेर्दा कताकता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो,’ कोइरालाले भने, ‘महासमिति बैठकमा प्रस्तुत हुने प्रस्ताव कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो, त्यो देखिएन।’

    उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव तयार पारेका हुन्। खड्का अहिलेको गठबन्धन सरकारमा उपप्रधान तथा रक्षामन्त्री छन्।

    नीति प्रस्तावमा गठबन्धन गर्नु परेका विषयमा खड्काले मिश्रित निर्वाचन प्रणाली भएको र कुनै एक दलले बहुमत ल्याउन नसक्ने स्थितिका कारण भन्ने उल्लेख गरेका थिए भने गठबन्धन सरकारको आलोचना गरिएको थिएन।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार