काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाको बायोमास ओभलमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माल टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् ।
विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।
पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुग्नुको साथै एसिया कपमा स्थान बनाएको छ । जितका लागि ७१ रनको विजयी लक्ष्य पछ्याएको थाइल्यान्ड ६६ रनमै अल आउट भएको थियो ।
एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् । मलेसियालाई हराउन सके ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ ।
पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend