Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रिकेट विश्व कप लिग–२ शृङ्खलामा आज नेपालले नामिबियाको सामना गर्दै


    बिहिबार, फाल्गुन ३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग–२ को पहिलो शृङ्खला आजदेखि नेपालमा सुरु हुँदै छ । नेपाली टोलीले लिग–२ को पहिलो खेल आज नामिबियासँग खेल्ने भएको हाे ।

    त्यसपछि नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग–२ का खेलहरु कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छन् । लिग–२ को यो दोस्रो संस्करण हो ।

    लिग–२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, लिग–२ शृङ्खलामा आठ राष्ट्र सहभागी हुने छन् । पहिलो संस्करणमा सातवटा राष्ट्र मात्र सहभागी थिए । लिग–२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार