काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा पदाधिकारी नराख्ने प्रस्ताव भएको छ । हिजो मंगलबारबाट जारी विधान अधिवेशनमा अधिकांश नेताहरुले पदाधिकारी नराख्न सुझाएका हुन् । उक्त छलफलको क्रममा पार्टीमा पदाधिकारी नराख्नेबारे कुरा उठेको सचिव दिनानाश शर्माले बताए ।
उनले भने–‘प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्नका लागि २० समूह गठन भएका छन् । अहिले सबै समूहगत छलफल भइरहेको छ दिउँसो २ बजेबाट सम्मेलन सुरु हुन्छ । हिजोको पदाधिकारी बैठकमा पदाधिकारी बैठक नराख्ने कि भन्ने सुझाव आएका छन् ।’
उनले मिश्रित सुझाव उठिरहेकाले अहिलेसम्म ठोस कुनै निर्णय नभएको बताए । उनले सुझावहरु आउनेक्रम जारी रहेकाले सबैको सुझावलाई समेटेर भोलिसम्म निर्णय हुने बताए । उनले भने–‘अध्यक्षपछि सानो संख्यामा स्थायी कमिटी राख्ने भन्ने पनि छ । अहिले नै संख्याबारे टुंगिएको छैन ।’
यही प्रस्ताव भोलिसम्म चल्ने विधान अधिवेशनको हलले अनुमोदन गरे आगामी महाविधेशनपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि सबै सदस्य रहनेछन् ।
माओवादीले यो अधिवेशनलगत्तै पार्टीको विशेष महाधिवेशन गर्ने तयारी गरेको छ । माओवादीभित्र तत्काल प्रचण्डको विकल्प खोज्ने स्थिति छैन । प्रचण्डपछि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवलगायतका पदमा नेताहरु धेरै आकांक्षी भएपनि नेतृत्वको विकल्पमा कसैले आवाज उठाएका छैनन् ।
विधान अधिवेशनले पारित गरेपछि नयाँ विधान आगामी महाधिवेशनबाट लागू हुनेछ । पार्टी अध्यक्षदेखि तल्लो तहका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने व्यवस्था अधिवेशनबाट गर्ने तयारी भएको सचिव शर्माले बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend