काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’मा सहभागी नेता–कार्यकर्तालाई एकतामा आउन अपील गरेका छन् ।
आज मंगलबारदेखि काठमाडौंमा सुरु भएको विधान सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी ‘जनयुद्ध’ र यसको नेतृत्वलाई अलि बढी हेपाइ हुन थालेको बताए । जनयुद्धका उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई नभएको भन्दै उनले अघि भने, ‘माओवादी जनयुद्धमा सहभागी नेता कार्यकर्तालाई अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपील गर्न चाहन्छु ।’
जति ढिलो गर्यो, त्यति ठूलो क्षति हुने भन्दै उनले भने, ‘आउनुस् बसौं, कहाँ कमी भए समीक्षा गरौं ।’
एक भएर प्रतिवाद गर्ने हो भने क्रान्तिकारी आन्दोलनको रक्षा मात्र होइन, समाजवादी क्रान्तिको नयाँ लहर सृजना गर्न सकिन्छ भन्ने आत्मविश्वास रहेको समेत उनले बताए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend