Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै


    शनिबार, माघ २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । विधान मस्यौदाको प्रस्तावमाथि छलफल गर्न केन्द्रीय कार्यालय काठमाडौंको पेरिसडाँडामा माओवादीको स्थायी कमिटीको बैठक बस्न लागेको स्रोतले जनायो ।

    हिजो शुक्रबार मस्यौदा समितिमा संयोजक पम्फा भुसालसहितका सदस्यहरूले धारणा राखेका थिए ।

    शनिबार स्थायी कमिटीका सदस्यहरूलाई विधानको मस्यौदामा लिखित सुझाव दिन पार्टीले निर्देश गरेको छ ।

    स्थायी कमिटी बैठकपछि दुई दिन केन्द्रीय कमिटीको बैठक बसेर फागुन १ गतेदेखि शुरू हुने विधान सम्मेलनको लागि प्रस्ताव तयार गर्नेछ । स्थायी कमिटी र केन्द्रीय कमिटीले प्रस्ताव गरेपछि विधानलाई विधान सम्मेलनले अन्तिम रुप दिनेछ ।

    उक्त मस्यौदा समितिले केन्द्रीय कमिटीसहितका पार्टी संरचना छरितो बनाउनुपर्ने प्रस्ताव गरेको छ । केन्द्रीय कमिटी १५१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार