काठमाडाैं। कञ्चनपुर र बाराबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । कञ्चनपुरकाे बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन १३ ग्राम ६ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका-९ शंकरपुर बस्ने ३३ वर्षीय जनक सापकोटा र सोही नगरपालिका- ८ बडयापुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प २६०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बाराकाे कलैया उपमहानगरपालिका-१ देवकोटा चोकबाट नियन्त्रित लागूऔषध डाईजापाम ५६ ट्याब्लेट, फेनारगन ५३ ट्याब्लेट, नोरफिन ५३ ट्याब्लेट, ट्रामानिल ६ सय ५० ट्याब्लेट, सिरिन्ज ५ थानसहित निजगढ नगरपालिका-६ योजना टोल बस्ने २९ वर्षीय हेम बहादुर थापा समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले ना.५६ प ८७७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend