Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफताब आलमसहितको मुद्दा न्यायाधीश आचार्यको इजलासमा


    आइतबार, माघ २८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विरुद्धको मुद्दामा जिल्ला अदालत रौतहटमा आज (आइतबार)अन्तिम सुनुवाइ हुँदैछ ।

    ४ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिएको हो । सुनुवाइका लागि मुद्दाको पेशी न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा तोकिएको छ ।

    यसअघि पुस २९ गते सुनुवाइका लागि पेशी तोकिए पनि न्यायाधीश अभाव हुँदा सो दिन मुद्दा स्थगनको सूचीमा राखिएको थियो।

    त्यसअघि आलमको मुद्दामा जिल्ला अदालत रौतहटले लिखित ‘बहस नोट’ मागेको थियो। । न्यायाधीश बाबुकाजी बानियाँको इजलासले लिखित बहस नोट मागेको हो ।

    संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार