Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • गगन थापाको दाबी- ठग, अराजक र भ्रष्टचारी भिआइपी हुँदैन, गल्ती गरे कारबाही हुनुपर्छ


    शुक्रबार, माघ २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठग, अराजक र भ्रष्टचारी कोही पनि भिआइपी नहुने दाबी गरेका छन् ।

    कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले शुक्रबार गरेको सम्मेलनमा बोल्दै महामन्त्री थापाले सो कुरा बताउँदै कारबाहीको दायरामा ल्याउनुपर्ने टिप्पणी गरेका हुन् ।

    उनले जतिसुकै शक्तिशाली भए पनि गल्ती गरेका छन् भने कारबाही हुनुपर्ने धारणा राखे । ‘भ्रष्टचारी भिआइपी हुँदैन, ठग भिआइपी हुँदैन, अराजक भिआइपी हुँदैन,’ उनले भने, ‘सबै बराबर हुन्छ, जतिसुकै शक्तिशाली होस् कोही भिआइपी छैन यहाँ ।’

    साथै गगनले नक्कली कागज बनाएर नागरिकता बनाउनेलाई पाता कसेर लैजानुपर्ने उल्लेख गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार