Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा पुग्यो


    शुक्रबार, माघ २६ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अस्ट्रेलिया जारी यू-१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो ।

    पाकिस्तानले दिएको १८० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

    यस अघि पाकिस्तानले ४८.५ ओभरमा अलआउट हुदै १७९ रन बनाएको थियो ।

    अब अस्ट्रेलियाले फाइनलमा उपाधिका लागि आइतबार भारतको सामना गर्ने छ । भारतले यसअघि दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार