Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्यानडाविरुद्ध रोहित बने ‘प्लेयर अफ द म्याच’


    बिहिबार, माघ २५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कप्तान रोहित पौडेल क्यानडाविरुद्धको खेलमा प्लेयर अफ द म्याच बनेका छन् । एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध शानदार बलिङ गर्दै हर नजिक पुगेको नेपाललाई जित दिलाएका कप्तान पौडेल खेलको प्लेयर अफ द म्याच बनेका हुन् ।

    प्लेयर अफ द म्याच बनेका रोहितलाई १५ हजार नगद पुरस्कार दिइएको छ । रोहितले यस खेलमा ४ विकेट लिएका थिए । उनले ८.५ ओभरमा २ मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए । रोहितले ब्याटिंग तर्फ भने ८ रन मात्र बनाएका थिए ।

    नेपालले दिएको २२५ रनको मध्यम लक्ष्य पछाएको क्यानडाले ४७.५ ओभरमा अल आउट हुदै २१७ रन मात्र बनाएको थियो । यो जितपछि नेपाल ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल आगामी शनिबार टियु मैदानमा हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार