Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना


    बुधबार, असार ६ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालका कप्तान रोहित पौडेलसँग आक्रमक व्यवहार देखाएका बंगलादेशका बलर तान्जिम हसन सकिबलाई म्याच फिसको १५ प्रतिशत जरिवाना गरिएको छ ।

    जारी टी-२० विश्वकप अन्तर्गतको खेलका क्रममा आइसीसीले सकिबले आइसीसीको नियम विपरित व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो ।

    नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभरपछि आक्रामक हुदै भनाभन गरेका थिए । आइसीसीले सकिबले खेलको तेस्रो ओभरपछि नेपालका कप्तान रोहित पौडेलको नजिक गएर आक्रामक व्यवहार देखाउदै गलत तरिकाले फिजिकल सम्पर्क गरेको उल्लेख गरेको छ ।

    त्यसपछि दुवै खेलाडी बीच भनाभन भएको र एम्पायरले दुवैलाई अलग गरेका थिए । सकिबको गलत व्यवहार बारे एम्पायरले सोहि समयमा बंगलादेशका कप्तान नाजमुल होसैन शन्तोलाई जानकारी गराएका थिए ।

    आइसीसीले जरिवानाको अलावा सकिबलाई एक डिमेरिट अंक समेत दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार