Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नाइजेरिया र आइभरी कोष्ट अफ्रिकन कपको फाइनलमा


    बिहिबार, माघ २५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नाइजेरिया र आइभरी कोष्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेका छन्। गएराती सम्पन्न सेमिफाइनल खेलमा आइभरी कोष्टले डिआर कंगोलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

    त्यस्तै अर्को सेमिफाइनलमा नाइजेरियाले दक्षिण अफ्रिकालाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरीमा भएपछि सो खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो।

    अतिरक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। अब फाइनलमा नाइजेरिया र आइभरी कोष्ट आगामी सोमबार खेल्ने छन्। त्यस्तै सेमिफाइनलमा पराजित भएका दक्षिण अफ्रिका र डिआर कंगो तेस्रो स्थानको लागि खेल्ने छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार