Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • उच्च र जिल्लाका १२ न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


    मंगलबार, माघ २३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । न्याय परिषद्ले एकै पटक उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशहरूको सरुवा गरेको छ । उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजी बहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णु प्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा भएको छ ।

    न्यायपरिषद्ले कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्यको ललितपुर जिल्ला अदालतमा, सुनसरीका हरिप्रसाद कोइरालालाई कास्कीमा, कास्कीका अवनी मैनाली भट्टराईलाई मकवानपुर, तेह्रथुमका प्रमेश पोखरेलाई पर्सा, रौतहटका तेजबहादुर खड्कालाई झापा र झापाका भीम बहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालतमा सरुवा गरेको छ ।

    त्यस्तै जिल्ला अदालत डडेलधुराका न्यायाधीश दयाराम ढकालको चितवन, नवलपुरका बाबुराम सुवेदीको मोरङ र दाङका कुलप्रसाद पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सरुवा भएको स्रोतले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार