बर्दिबास। नेपाल विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्रले बक्यौता उठाउन स्थानीय तहका सडक बत्ती धमाधम काट्न थालेको छ । पालिकाहरूलाई पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम तिर्न आनाकानी गरेपछि बत्ती काट्न सुरु गरिएको गौशाला वितरण केन्द्रले जनाएको छ । पालिका प्रमुखहरूले भने प्राधिकरणले जेसुकै गरे पनि यथास्थितिमा तिर्ने सामर्थ्य नभएको प्रतिक्रिया दिँदै आएका छन् ।
गौशाला केन्द्रअन्तर्गतका ५ स्थानीय तहमाथि २०८० साल असार महिनासम्म एक करोड ७२ लाख ७७ हजार रुपियाँ महसुल बक्यौता छ ।प्राधिकरणले सबैभन्दा बढी बर्दिबास नगरपालिकामाथि ६५ लाख ९१ हजार बक्यौता देखाएको छ । गौशाला वितरण केन्द्रको लेखा शाखाकाअनुसार सडक बत्तीबापत भंगाहा नगरपालिकाको ४७ लाख ४४ हजार, औरही नगरपालिकाको २४ लाख ७३ हजार, सोनमा गाउँपालिकाको १९ लाख १५ हजार र गौशाला नगरपालिकाको १५ लाख ४४ हजार रुपियाँ उठ्न बाँकी छ ।
गौशाला वितरण केन्द्र प्रमुख जगन्नाथ झाकाअनुसार प्राधिकरणले सडक बत्ती बक्यौता रकम तिर्न पालिकाहरूलाई दसैँअघि देखिनै लिखित आग्रह गर्दै आएको थियो ।
‘‘सडक बत्ती बक्यौता तिर्न असोज महिनामा ४५ दिनको समयावधि दिई पत्राचार गर्यौँ । यसको सुनुवाइ नभएपछि मङ्सिरमा बक्यौता बुझाउन पालिकाहरूलाई पुनः लिखित आग्रह गर्यौँ ।,’’ प्रमुख झाले भने , ‘‘आग्रह अनुरोधको सुनवाइ नभएपछि बाध्य भएर बत्ती काट्ने प्रक्रिया सुरु गरेका हौँ ।’’
महसुल नतिरेको कारण जनाउँदै गौशाला वितरण केन्द्रले अहिलेसम्म तीन सयभन्दा बढी सडक बत्तीका टावर लाइट काटेको छ ।
प्राधिकरणले महसुल उठाउन ढिलासुस्ती गर्दा बक्यौता रकम बढ्न गएको स्थानीय तहको आरोप छ । अर्कोतर्फ यो ढिलासुस्तीले जति बाले पनि महसुल तिर्न नपर्ने भ्रममा परेर स्थानीय तहले सडक बत्तीको नाममा मनपरी बत्ती जडान गर्ने प्रवृत्तिले पनि महसुल रकम बढेको हो ।
पालिका प्रमुखहरूले भने आफूहरू निर्वाचित भएर आउनु अगाडिकै बक्यौता तिराउने नियतले सडक बत्ती कट्ने कार्यप्रति विमति प्रकट गर्दै आएका छन् ।
सबैभन्दा बढी बक्यौता रहेको बर्दिबास नगरपालिका प्रमुख प्रह्लाद क्षेत्रीले बजेट कटौतीले आक्रान्त स्थानीय तहले यत्ति ठुलो रकम बत्ती नै काटे पनि, पोलै उखेलेर लगे पनि अहिलेको अवस्थामा तिर्न नसकिने बाध्यता प्रकट गरे ।
‘‘बक्यौता बढ्नुमा पहिलो दोषी प्राधिकरण आफैँ हो ।,’’ उनले प्रश्न गरे, ‘‘प्राधिकरणले नियमित महसुल उठाउने तर्फ पहिलेदेखिनै किन चासो दिएन ? अघिल्लो स्थानीय सरकारकै पालादेखिको बक्यौता महसुल बजेट कटौतीको मार झेलीरहेका पालिकाहरूले कहाँबाट तिर्ने ?’’
उनले अहिलेको अवस्थामा सरकारले बजेटको विशेष व्यवस्था नगरेसम्म विद्युतको बक्यौता तिर्ने सामर्थ्य कुनै पनि पालिकाको नभएको स्पष्ट पारे ।
बक्यौता नतिर्ने अर्को नगरपालिका औरहीका प्रमुख प्रदीप खड्काले वर्षौँसम्म सुतेर बस्ने अनि एकैपट लाखौँ लाखको बिल पठाउने प्राधिकरणको नियत के ? भनी प्रश्न उठाए ।
प्राधिकरणले एकैपटक २४ लाखभन्दा बढीको बिल पठाएको र लगत्तै आफ्नो पालिकाको वडा तहमा जडान भएका एक सयभन्दा बढी बत्ती काटकोमा उनले विपत्ति जनाए ।
विद्युतको ४७ लाखभन्दा बढी बक्यौता रहेको भंगाहा नगरपालिका प्रमुख सञ्जीव साहको बुझाइमा विद्युतको बक्यौता बिल नै अवैज्ञानिक र आधारहीन हो ।
‘
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend