काठमाडौँ । कुलमान घिसिङ ऊर्जामन्त्री हुनासाथ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरिएका हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले पुनर्वहाली गर्न परमादेश दिएको छ ।
सर्वोच्च अदालतले कार्यकारी निर्देशकमा सोमबार शाक्यलाई पुनर्वहालीको आदेश दिएको हो ।
सर्वोेच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न परमादेश जारी गरेको हो ।
सर्वोच्चले शाक्यलाई पुनर्वहाली गर्न आदेश दिएसँगै कुलमान घिसिङलाई झड्का लागेको हो ।
जेननी बिद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा तीन वटा मन्त्रालयको मन्त्री हुनासाथ घिसिङले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए ।
मन्त्री हुनासाथ हटाएकोमा प्रतिशोध साँधेको आरोप पनि उनीमाथि लागेको थियो । गएको चैतमा घिसिङलाई हटाएर ओली सरकारले शाक्यलाई नियुक्त गरेको थियो ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend