Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिल्म खेल्दै केपी ओली


    आइतबार, माघ १४ २०८०
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने तयारी गरेका छन्।

    ओलीले अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशित फिल्म ‘नमेटिने घाउ’ मा अभिनय गर्न लागेका हुन्।

    काठमाडौंमा आज फिल्मको औपचारिक घोषणा गरिएको हो। सो कार्यक्रममा ओलीसमेत उपस्थित रहेका थिए।

    फिल्ममा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुनेछन्। फिल्ममा तेजाब आक्रमणमा परेका किशोरी र महिलाको जीवनका कथालाई समेटिनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार