Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देशः त्याग र बलिदानको सम्मान गरौं


    बिहिबार, फाल्गुन ७ २०८२
    445
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई नेपाली जनताको साहस, त्याग र बलिदानबाट जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिनको रूपमा वर्णन गरेका छन् ।

    प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन अर्पण गर्ने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्मान व्यक्त गरेका छन् ।

    ओलीले प्रजातन्त्र दिवसले सबै नेपालीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउने उल्लेख गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, संविधानको संरक्षण तथा लोकतान्त्रिक मूल्यहरूको रक्षा, र विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रिय धरोहर, उद्योग, पूर्वाधार तथा संस्कृतिको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

    उनले आजको ऐतिहासिक दिनबाट प्रेरणा लिँदै सबै नेपाली जागरूकतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    ‘आजको दिनले हामीलाई राष्ट्रिय स्वाधीनता जोगाउने, संविधान र लोकतान्त्रिक अधिकारको संरक्षण गर्ने र राष्ट्रको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा गर्ने जिम्मेवारी स्मरण गराउँछ,’ ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार