काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वर्तमान समयमा सबैभन्दा धेरै राष्ट्रियता कमजोर भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मिश्रले यस्तो बताएका हुन् ।
उनले भने,‘नेपालको राष्ट्रियता अहिलेको समयमा जति क्षयीकृत भयो नेपाल युद्धमा जाँदा र युद्धमा हार्दापनि त्यो राष्ट्रियता प्रबल भएर बसेको थियो । नेपालमा २००७ सालदेखि २०१५ सालसम्म राजनीतिक अस्थिरता व्याप्त रह्यो, त्यो बेला आन्तरिक राजनीतिमा हस्तक्षेप भएपनि जब भौगोलिक अखण्डता र राष्ट्रियताको कुरा आयो त्यसबेला राजा, जनता र राजनीतिक नेताहरुमा एकता थियो । अहिले हामी यस्तो समयमा प्रवेश गरेका छौँ, जहाँ हामी आन्तरिक रुपमा विखण्डित छौँ, आन्तरिक रुपमा विखण्डित भएको हुनाले जब घरमा झगडा हुन्छ, छिमेकी लगायत बाहिरका व्यक्ति हस्तक्षेप गर्न आउनु स्वभाविक हो ।’
उनले बीपी कोइरालाले आफू भारतमा निर्वासनमा भएका बेला राष्ट्रियता संकटमा परेको बेला राष्ट्रियता जोगाउन देश फर्किएको बताए । अहिले कमजोर भएको राष्ट्रियतालाई सही ट्रयाकमा ल्याउन सकिएन भने पछिल्लो पुस्तालाई त्यसको ठूलो भारी बोकाउनुपर्ने अवस्था हुने उनकाे भनाइ छ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend