Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविन्द्र मिश्र ५० दिनपछि सर्वोच्चको आदेशले थुनामुक्त


    शुक्रबार, जेष्ठ २ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोेच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुना मुक्त गर्न आदेश दिएको छ ।

    न्यायाधीशहरू डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

    गएको चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनीसहितमा प्रदर्शनकारीलाई उक्साएको आरोपमा सोही दिन पक्राउ परेका मिश्र अदालतको आदेशमा म्याद थप हुँदै थुनामा छन् ।

    सर्वोच्चको आदेशसँगै अब उनी हिरासतमुक्त हुनेछन् ।

    मिश्रमाथि राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मुद्दामा प्रहरीले अनुसन्धान चलिरहेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार