Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवीन्द्र मिश्र पनि अदालतमा हाजिर भए


    मंगलबार, असार ३ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बन्दी प्रत्यक्षीकरण रिटका आधारमा हाजिर जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् । तीनकुनेको हिंसात्मक घटनामा प्रतिवादी बनाइएका उनी केही बेरअघि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

    हाजिर जमानीमा रिहा भएका उनी अदालतमा उपस्थित भएका थिएनन् । प्रहरीको सम्पर्कबाहिर थिए । तर गएको जेठ ११ मा मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएपछि उनी अदालत उपस्थित भएका हुन् ।

    मिश्रविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको हो । सोही मुद्दामा सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणा ३ लाख धरौटीमा रिहा भएका थिए । यसअघि धवलशमशेर राणा पनि अदालतमा उपस्थित भइसकेका छन् । उनी पनि प्रहरीको सम्पर्कबाहिर थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार