Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अफगानिस्तानलाई हराउँदै नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा


    शुक्रबार, माघ १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ । अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो ।

    नेपालको जितमा आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शन गरेका हुन् । समूह ‘डी’बाट सुपर सिक्समा पुगेको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

    नेपालको जितमा खनालले सर्वाधिक ५८ रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।

    अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले सर्वाधिक ३७ रनको योगदान गरेका थिए । अफगानिस्तानका पाँच ब्याट्सम्यानले रनको खाता नै खोल्न नसक्दा नसीर खान मारुफखिलले ३१, फरिदुन दावोद्जाईले २९ र जम्शिद जर्दानले ३ रन बनाए । नेपाली बलरबाट अफगानिस्तानले २१ रन अतिरिक्तबापत पाएको थियो ।

    नेपालका लागि आकाश चन्दले पाँच विकेट लिए । यस्तै, दिवेश कँडेलले दुई, तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले एक–एक विकेट लिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार