काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी नेत्री द्रौपदा शर्मा पोखरेलको निधन भएको छ । १०२ वर्षीया पोखरेलको आज मंगलबार बिहान ४ बजे सामाखुसी, रानीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ ।
उनी २००७ सालको क्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन् । कांग्रेसमा लागेर उनी तत्कालीन समयमा केन्द्रीय सदस्य समेत बनेकी थिइन् ।
२०१८ सालको आन्दोलनताका उनलाई तत्कालीन पञ्चायत सरकारले गिरफ्तार गरेको थियो । उनलाई पोखरा हिरासतमा लगिएको थियो ।
उनी गोवर्द्धन शर्मा स्मृति ट्रस्टको अध्यक्ष र संरक्षक समेत थिइन् । आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोखरेलले जानकारी दिए ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend