Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछाने भन्छन्- सहकारीपीडितको पैसा सरकारले तिर्नुपर्छ 


    शनिबार, माघ ६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीपीडितको पैसा सरकारले तिर्नुपर्ने टिप्पणी गरेका छन् । चितवनमा सहकारीपीडितसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सहकारीका सदस्य मर्कामा पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताए ।

    सहारा सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालनका निम्ति पैसा लगेको कुरा आएपछि लामिछानेले चितवनका सहकारीपीडितसँग भेट गरेका हुन् । आफू टेलिभिजनमा रहँदा कुनै पनि सहकारीबाट पैसा लिएको थाहा नभएको उनले बताए । आफू सहकारीपीडितको पक्षमा रहेको उनले उल्लेख गरे ।

    आफू टेलिभिजनको लगानी गर्ने जिम्मेवरी तहमा नभएको र त्यहाँ रहँदा सञ्चालनका निम्ति कुनै सहकारीबाट पैसा ल्याउने निर्णय पनि नभएको उनले जिकिर गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार