Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाकाले राजीनामा दिए


    शनिबार, माघ ६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड अन्तरिम व्यवस्थापन समिति (आईएमसी) को अध्यक्ष पदबाट जाका अशरफले राजीनामा दिएका छन् ।

    पाकिस्तान क्रिकेट बोर्डको व्यवस्थापन समिति (एमस )को लाहोरको राष्ट्रिय क्रिकेट एकेडेमीमा शुक्रबार बसेको चौथो बैठकपछि अशरफले राजीनामा दिएका हुन् ।

    उनलाई गएको जुलाईमा आईएमसीको प्रमुख नियुक्त गरिएको थियो । त्यसपछि पाकिस्तान सरकारले गत नोभेम्बरमा उनले म्याद फेब्रुअरी ४ सम्म थपेको थियो । अशरफले आफ्नो म्याद सकिन दुई साता अघि नै राजीनामा दिएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार