काठमाडौँ । भारतीय क्रिकेट टिम अर्को वर्ष हुने च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सहभागी हुन पाकिस्तान नजाने भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हालै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आफ्नो निर्णय पछाडि सुरक्षा चिन्ताको कारणले पत्र पठाएको छ । भारतले आफ्ना सबै खेल दुबईमा खेल्न चाहेको पनि बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।
च्याम्पियन्स ट्रफी अर्को वर्ष फेब्रुअरी १९ देखि मार्च ९ सम्म खेलाइने छ । यस प्रतियोगिताका खेल कराँची, लाहोर र रावलपिंडीमा हुने अहिलेसम्मको तालिकामा उल्लेख छ ।
भारतीय टोलीले सन् २००७–०८ देखि पाकिस्तान भ्रमण गरेको छैन । सन् २००८ मा मुम्बईमा भएको आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानमा क्रिकेट खेल्न प्रतिबन्ध लगाएको थियो । त्यसपछि दुवै टोली आईसीसी र एसीसी प्रतियोगितामा खेलिरहेका छन् । २०१३ देखि, दुबै टोलीले तटस्थ स्थानहरूमा १३ एकदिवसीय र ८ टी-२० खेल खेलेका छन् ।
भारतले पछिल्लो पटक सन् २००८ मा पाकिस्तानको भ्रमण गरेको थियो । भारतीय टोलीले उक्त ३ टेस्ट म्याचको शृङ्खला १-० ले जितेको थियो ।
पाकिस्तानले सन् २०१२-१३ मा भारत भ्रमण गरेको थियो । उक्त भ्रमणमा द्विपक्षीय शृङ्खलाका ३ एकदिवसीय र २ टी–२० खेल खेलिएका थिए । पाकिस्तानले एकदिवसीय सिरिज २–१ ले जितेको थियो भने टी–२० सिरिज १–१ को बराबरी भएको थियो ।
च्याम्पियन्स ट्रफी २०२५ को आयोजनाको जिम्मा पाकिस्तानलाई दिइएको छ । पीसीबीले प्रतियोगिताको स्थान र तालिकाको मस्यौदा आईसीसीलाई बुझाएको छ । प्रतियोगिता अर्को वर्षको फेब्रुअरी–मार्चमा खेलाइने छ । मस्यौदा अनुसार भारतलाई समूह ए मा पाकिस्तान, बंगलादेश र न्युजिल्याण्डसँगै राखिएको छ । समूह बी मा अष्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान छन् ।
तालिका अनुसार भारतको तीन खेल फेब्रुअरी २० (बंगलादेशसँग), फेब्रुअरी २३ (पाकिस्तानसँग) र मार्च २ (न्युजिल्याण्डसँग) हुनेछ ।
गत वर्ष एसिया कपको आयोजनाको अधिकार पाकिस्तानले पाएको थियो । त्यतिबेला पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो । त्यसपछि ‘हाइब्रिड मोडल’मा प्रतियोगिता आयोजना भएको थियो । भारतका खेल श्रीलंकामा भएको थियो ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend