बर्दिबास । भारतसँग जोडिएका सीमा नाकाबाट भन्सारछली तस्करी हुँदा राजस्व असुली लक्ष्यअनुसार हुन सकेको छैन । सीमानाकाबाट हुने भन्सारछली नियन्त्रणका लागि सशस्त्र प्रहरी परिचालित छ । सशस्त्र र नेपाल प्रहरीले पनि भन्सारछली नियन्त्रण गरी राजस्व बृद्धिमा योगदान दिनुपर्ने कर्तब्यबोध गर्न नसकेको गुनासो छ ।
गएको असोजमा सशस्त्र प्रहरीकै सेटिङमा सिरहाका माडर, ठाडी नाकाहरुबाट ब्यापक तस्करी भएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भन्सारछलीका करोडौं रुपैयाँबराबरका लत्ताकपडा बरामद गरेको थियो । सशस्त्र मुख्यालयले भन्सारछलीका कपडा तस्करीमा मुछिएका एसपी प्रमोद भारती र डीएसपी रामहरि खड्कालाई कारबाहीस्वरुप तानेको थियो ।
यसैबीच महोत्तरीका सीमानाकाबाट पछिल्ला दिनमा भन्सारछलीका सामान ब्यापकरुपमा भित्रिरहेका छन् । रघुनाथपुर महोत्तरी र सम्सी नाकाबाट बढी तस्करी हुने गरेको छ । यी नाकाबाट ठूलो परिमाणमा भारतीय धानका अलावा लत्ताकपडा लगायतका सामान तस्करी हुँदा नेपाली किसानहरु मारमा पर्ने गरेका छन् । नेपाली धानले मूल्य नपाउँदा कृषकहरु पेशाबाटै पलायन हुँदैआएका छन् ।
२०८० पुस २४ गते दिउँसो २ बजे मटियानीबाट जनकपुर लाँदै गरेको ६५ बोरा धान पिपराबाट बरामद गरी भन्सार बुझाएको छ । उक्त दिन बरामद भएको परिमाण थोरै भए पनि यो नाकाबाट ठूलो स्केलमा धान तस्करी सशस्त्र प्रहरीकै सेटिङमा हुँदैआएको छ ।
यसैक्रममा महोत्तरीको सबैभन्दा बढी तस्करी सम्सी नाकाबाट हुने गरेको छ । भारतबाट सम्सी नाका हुँदै बिभिन्न किसिमका लत्ता कपडाहरु बोकेको ३ वटा ट्याम्पु र २ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले २०८० माघ १ मा बरामद गरेको छ । भारतबाट तस्करीका लत्ताकपडा बोकेर सम्सी नाका हुँदै नेपालतर्फ आइरहेका ट्याम्पु र मोटरसाइकल प्रहरीले महोत्तरीको निगौलबाट बरामद गरेको हो । अन्दाजी रु.२१ लाख २८ हजार ३ सय बराबरका लत्ता कपडासहित ६ जना ब्यक्तिलाई गौशाला नगरपालिका २ निगौलबाट पक्राउ गरी जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ ।
त्यसैगरी महोत्तरीको मटियानी नाकालाई तस्करी हुने दोस्रो नाकामा रुपमा लिइन्छ । सशस्त्र र नेपाल प्रहरीका त्यस क्षेत्रका हाकिमहरुले महिनाको ४ लाख दस्तुरी लिई केही ब्यापारीहरुलाई तस्करीको लाइन दिइएको स्रोत बताउँछ । ती मध्येका सबैभन्दा बढी भन्सारछलीका सामान भित्र्याउनेमा कालिया पर्दछन् । उनले सबैभन्दा बढी सम्सी नाकाबाट सामान ल्याउने गरेका छन् ।
मटियानीबाट भन्सारछली बढेको गुनासोपछि मधेश प्रदेश बाहिनीले तत्कालीन सशस्त्र प्रहरीका इन्स्पेक्टर भोला श्रेष्ठसहित पूरै टिमलाई नै चेन्ज गरिएको थियो । इन्स्पेक्टर श्रेष्ठ हाल छानबिनका लागि बाहिनी तानिएका छन् । उनी गृहमन्त्री नारायणकाजी श्रेष्ठको आडमा लिंदै फेरि मटियानी फर्किने दाउमा छन् ।
यी दुई घटना प्रतिनिधि उदाहरणमात्र हुन्, यसले महोत्तरीमा भन्सारछली ब्यवस्थित र सुरक्षित रुपमा भइरहेको दर्शाउँछ । सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म रघुनाथपुरका डिएसपी महेश खरेलले आफ्नो मातहतमा रहेका सम्सीका इन्स्पेक्टर बाबुकाजी कटुवाललाई पृष्ठपोषण गर्दै आएका छन् । डिएसपी महेश खरेलले पनि मातहतबाट दररेट तोकेर असुली गरी तस्करीको लाइन दिएको आरोप छ ।
त्यसो त जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लका घुमुवा राजेश्वर भन्ने राजेश यादव, धर्मेन्द्र यादवलगायतले तस्कर कालियासँग आर्थिक लाभ लिई तस्करीको लाइन दिएको आरोप छ । स्रोतका अनुसार सम्सी नाकाबाट सबैभन्दा बढी भन्सारछलीका सामान भित्र्याउने कालिया हुन् । उनले सशस्त्र र नेपाल प्रहरी दुबैतिर लाइन मिलाएर भारतबाट भन्सारछली गरी सामान भित्र्याउँदैआएका छन् । सशस्त्र प्रहरी बल नेपाल ९ नं. गण महोत्तरीका गणपति एसपी लेखनाथ खनाल छन् ।
राजेश र धर्मेन्द्रले हरि मण्डलसँग बर्षौदेखि सेटिङ गरेर गाँजातस्करी गर्र्दैआएका थिए । २०८० असोज २४ गते राति २ बजे जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना ६ ख ७३७४ नम्बरको ट्रकमा ४ क्वीन्टल गाँजासहित तस्कर हरि मण्डल पक्राउ परेका थिए ।
प्रहरीका घुमुवा बैंजु यादव र राजेश यादवको सेटिङमा महोत्तरीको बाटो प्रयोग गरी मण्डलले निर्वाध गाँजा तस्करी गर्दैआएका थिए । बैंज यादव भने घुमुवा अप्रेसनमा परी सरुवा भएर हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । राजेश अद्यापि महोत्तरीमै कार्यरत छन् ।
मासिक दररेट तोकेर उनले हरि मण्डलसँग लिएर गाँजा तस्करीमा सहयोग गर्दैआएको खुलेपछि घटनाको छानबिन भएको थियो । तर राजेशलाई कुनै कारबाही नगरी उन्मुक्ति दिएर हाल घुमुवाबाट मुक्त गरी ड्यूटीमा खटाइएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend