Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि सुरु हुँदै यू–१९ एकदिवसीय विश्वकप क्रिकेट


    शुक्रबार, माघ ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं : यू–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ। दक्षिण अफ्रिकामा हुने प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड र अमेरिकाको टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

    समूह ए का यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे ब्लोएमफोन्टेनमा हुनेछ। यही समयमा हुने अर्को खेलमा दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीच प्रतिस्पर्धा हुनेछ। पोट्चेफस्ट्रोममा हुने खेलमा समूह बी का दक्षिण अफ्रिका र वेस्ट इण्डिज भिड्न लागेका हुन्।

    समूह डी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा आइतबार दिउँसो १ बजे न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

    नेपालले प्रतियोगिता अघि भएका वार्मअप खेलमा राम्रो प्रदर्शन गरेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार