Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्यायाधीश भुवन गिरीविरुद्धको निवेदन न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा


    बुधबार, माघ ३ २०८०
    870
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । निलम्बित जिल्ला न्यायाधीश भुवन गिरी विरुद्ध दायर भएको रिट निवेदन न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै उनकी पत्नी आरती रावलद्वारा दायर रिट निवेदनमा बुधबार सुनुवाइ हुन लागेको हो ।

    न्यायाधीश भुवन गिरीकी श्रीमतीले कपिलवस्तु र काठमाडौँ जिल्ला अदालतमा पतिविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । दुवै जिल्ला अदालतबाट न्यायाधीश गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।

    जिल्ला अदालतको आदेशविरुद्ध रावल क्षेत्राधिकार रहेको उच्च अदालतमा ७३ नम्बरको निवेदन लिएर थुनामै राख्नुपर्ने माग गरी निवेदन दिन पुगेकी थिइन् । क्षेत्राधिकार रहेको दुवै उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेपछि रावल सर्वोच्च अदालत आइपुगेकी हुन् ।

    न्यायाधीश गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारको मुद्दा दुवै जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामै रहेको छ । तर अदालतले गिरीलाई थुनामा नराखी धरौटीमा छाडेको भन्दै रावल सर्वोच्च अदालतसम्म आइपुगेकी हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार