Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • त्रिशुलीमा गाडी खसेको सूचना पाएपछि खोजीका लागि गोताखोरको टोली परिचालन


    मंगलबार, माघ २ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ। इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै त्यहाँका स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ ।

    स्थानीय बासिन्दाले आज बिहान करिब ४ बजेतिर सडकबाट गाडी नदीमा खसेको बताएका छन्।

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्सपेक्टर) विशाल तामाङले ३ नम्बर पुलबाट गाडी खसेको सूचनापछि गोताखोरको टोली परिचालन गरिएको जानकारी दिए।

    त्यस्तै नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएको छ । तर त्यो अहिलेको हो वा पुरानो हो भन्ने पनि खुलेको छैन

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार