जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले पुस २५ गते ४ वटा चोरीका स्कोरपियो गाडीसहित ७ जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्याल धनुषाको फेसबुक पेज ‘डीपीओ धनुषा’मा पनि ४ वटा गाडीसहित पक्राउ परेका ७ जनाकै नाम, थर र वतनसहितको विवरण सार्वजनिक गरियो । पक्राउ परेका ७ जनाको म्याद ४ दिनसम्म पनि थप भएन । ४ दिनपछि पुस २९ गते आइतबार ५ जनालाई सुटुक्क छाडी २ जनाको मात्र म्यादथप गरिएको छ ।
भारतबाट गाडी चोरी गरी नेपालमा ल्याएर बिक्री गर्ने कार्यमा संलग्न ५ जनालाई आर्थिक चलखेलमा छाडिएको स्रोतले बताएको छ । मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल आइतबार हाजिर भएकै दिन उनलाई जाहेर समेत नगरी धनुषा प्रहरीले पक्राउ परेका गाडी चोरीमा संलग्न ५ जनालाई छाडेको छ ।
गाडी चोरीमा पक्राउ परेका ७ जनामध्ये ५ जनासँग डिल मिलेपछि छाडेर मोहम्मद अजिज राइन र मुख्तार कवारीलाई मात्र आइतबार सार्वजनिक गरेको गरिएको छ । गाडी चोरीमा पक्राउ परेका रोशनकुमार ठाकुर, मुवारक अली, पंकज शर्मा, मुसारुल कवारी, आजित नडामलाई आर्थिकम लाभ लिएर छाडेको आरोप प्रहरीमाथि लागेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका मुद्दा फाँटका इन्स्पेक्टर उपेन्द्र खरेल र क्राइम टोलीका सई रवि मण्डलले ५ जनासँग डिल मिलाउने काम गरेको स्रोतले बताएको छ ।
सई मण्डल असई हुँदा ४ बर्ष धनुषा जिल्ला प्रहरी कार्यालयमा बसेकाले उनी त्यहाँको सबै कुरासँग जानकार हुन् । सई भएपछि उनको दरबन्दी ढल्केवरको गणमा छ । तर उनी काजमा जिल्ला प्रहरी कार्यालय धनुषाको क्राइम इन्चार्ज भएर सबै सेटिङ गर्दैआएका छन् । खरेल पनि सई हुँदा धनुषामै कार्यरत थिए । उनी बढुवा भएपछि ट्राफिक महाशाखाबाट धनुषा प्रहरी कार्यालयमा सरुवा भएका हुन् ।
धनुषामा बसेकाले मण्डल र खरेलले नै गाडी चोरीमा पक्राउ परेका ५ जनालाई ४ दिनसम्म म्यादसमेत नथपी डिल गरेर कुरा मिलेपछि एसपी मित्रबन्धु शर्मालाई समेत सहमत गराएर छाडेको आरोप छ । ५ जना गाडी चोरीमा संलग्नहरुलाई छाड्न खरेल र मण्डलले डिल मिलेपछि डीएसपी रन्जन अवालाई जाहेर गरेका थिए । एसपी मित्रबन्धु शर्मा सुरुमा सबैको म्यादथप गर्नुपर्ने पक्षमा थिए । ३ दिनसम्म उनी म्यादथपकै पक्षमा भए पनि डीएसपी अवा, इन्स्पेक्टर खरेल र सई मण्डलले लाभ हुने र अप्ठेरो नपर्ने बिषयमा कन्भिन्स गरेपछि आइतबार ५ जना छुटेका थिए ।
गाडी चोरीमा संलग्न रोशनकुमार ठाकुर, मुवारक अली, पंकज शर्मा, मुसारुल कवारी, आजित नडामलाई ७ लाख डिल गरी छाडिएको स्रोतको दाबी छ । यसअघिका एसपी विश्व खड्कामार्फत् पनि कन्भिन्स गराएर गाडी चोरीमा संलग्नलाई छोडिएको थियो । शर्मा खड्काका ब्याची हुन् ।

यसैबीच, २०८० पुस २५ गते चोरीका बरामद ४ वटा गाडीसहित पक्राउ परेकाहरुको नाम नामेसी फेसबुक पेजमा राखेको धनुषा प्रहरीले आइतबार छाडेपछि विवरण नै हटाएर २ जनामात्र पक्राउ परेको विज्ञप्ति राखेको छ । पुस २५ मा डीपीओ धनुषाको फेसबुक पेजमा राखिएको बरामद गाडी र पक्राउ ७ जनाकै तस्वीर र नाम, ठेगाना उल्लेखित विवरणको फोटोसहितको स्क्रीनसट नेपालफेससँग सुरक्षित छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend