काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजाललाई ३ महिनामै सरुवा गरिएको छ । उनलाई मधेश प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ ।
धादिङमा एसपी सुमित खड्कालाई खटाइएको छ । एसपी रिजाल गएको साउन २७ गते धादिङ सरुवा भएका थिए ।
पछिल्लो समयमा धादिङका प्रमुख जिल्ला अधिकारी बिजयराज सुवेदीसँग एसपी रिजालको सम्बन्ध राम्रो थिएन । प्रजिअ र एसपीबीचको खटपटकै कारण गृहमन्त्रालयले एसपी रिजाललाई मधेश प्रदेशमा पठाएको छ ।
धादिङमा सरुवा भएका एसपी सुमित खड्का प्रहरी बृत्त दरबारमार्ग र गौशालामा हुँदा असुलीमा विवादमा परेका थिए । उनी पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको भनसुनमा धादिङमा सरुवा भएको स्रोत बताउँछ ।
खड्का भट्टराई प्रधानमन्त्री हुँदा उनका पीएसओ थिए । वर्तमान सरकारमा डा. भट्टराईको सिफारिस अनुसार काम हुने गरेको दृष्टान्त एसपी खड्काको सरुवालाई लिन सकिन्छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend