जनकपुरधाम । धनुषाको महिनाथपुर बोर्डरमा अनाहकमा सर्वसाधारणलाई कुटपिट गरेको आरोपमा महिनाथपुर गुल्मका इन्चार्ज डिएसपी सुरज रिजालसहित तीन सशस्त्र प्रहरीमाथि जाहेरी दर्ता गर्न जाँदा जिल्ला प्रहरी कार्यालय धनुषाले नलिएपछि पीडितले अदालत गुहारेका छन् ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर २ बस्ने स्थानीय अमन चौधरी आफ्नो खेतमा बाख्राको लागि पातपतिंगर टिपिरहँदा उनलाई सशस्त्र प्रहरीका दुई जवानले सम्प्रदायिक व्यवहार गर्दै कुटपिट गरेको बताएका छन् । सशस्त्र प्रहरीका डिएसपी रिजालको इशारामा त्यहाँ कार्यरत रहेका सशस्त्र प्रहरीका माधव अधिकारीसहित अन्यले भेदभाव तथा अन्य अपमानजनक कुरा गरी कुटपिट गरेको आरोप लगाएका छन् ।

नेपाल–भारत बोर्डरस्थित धनुषाको महिनाथपुर गुल्मका इन्चार्ज डिएसपी रिजालले कुटपिट गरेपछि अमन चौधरीले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिन गएका थिए । अस्पतालको घाउजाँच रिपोर्टसहित प्रहरीमा पुगेका चौधरीको जाहेरी दर्ता गराउन आदेश माग गर्दै अदालतमा पुगेका हुन् ।
चौधरीले जिल्ला अदालत धनुषामा कुटपिट गर्ने सशस्त्र प्रहरीका डीएसपी रिजालसहित तीनजनामाथि जाहेरी लिई अनुसन्धान गरी कारबाहीको लागि आदेश माग गर्न मुद्दा दिएका थिए । चौधरीको निवेदनमा सुनुवाइ गर्दै जिल्ला अदालत धनुषाले जाहेरी दर्ता गर्न र घाउजाँच फारामका लागि आदेश दियो । अदालतको आदेशपछि प्रहरीले घाउ जाँच फारामका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठायो । तर जाहेरी भने मंगलबारसम्म लिएको छैन ।
सशस्त्र प्रहरीको कुटपिटबाट घाइते अमन चौधरी र प्रादेशिक अस्पतालको घाउजाँच फाराममा कुटपिट भएको देखिएको छ । चौधरीको खुट्टामा चोट लागेको छ । फागुन २५ गते बाख्रालाई घाँस लिन गएका उनलाई सशस्त्र प्रहरीले गाँजा तस्कर भन्दै खेतमा गएर निर्घात कुटपिट गरेको आरोप लगाएका छन् । उनले प्रादेशिक अस्पताल जनकपुरमा घाउ जाँच गराएर जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गर्न जाँदा दर्ता नभएपछि जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । प्रहरीले घाउ जाँच केश फाराम गराए पनि जाहेरी नलिएर अदालतकै अवहेलना गरेको छ ।
समान्य समान लिएर जाने सर्वसाधारणसँग समेत महिनाथपुर गुल्मबाट खटिएको सशस्त्र प्रहरीले अभद्र व्यवहार गर्न थालेको आरोप चौधरीले लगाए । उनले अदालतमा दिएको मुद्दामा आफूलाई बचाउ खोज्दा केही महिलाहरुमाथि समेत सशस्त्र प्रहरीबाट अभद्र व्यवहार गरेको बताएका छन् ।
बोर्डर भन्दा १ कीमी दूरी नेपालतर्फको रेलवे लाइनमा सीसीटीभी फुटेज जडान गरिएको थियो । त्यो सीसीटीभी फुटालेको आरोप लगाउँदै निर्दोष नागरिक अमन चौधरीमाथि कुटपिट गरेका थिए । पीडित चौधरीले सशस्त्र प्रहरीको कुटाईबाट आफ्नो खुट्टाको नसामा असर परेको बताएका छन् ।
डीएसपी रिजालले घरायसी प्रयोजनमा सर्वसाधारणले ल्याएका सामान पनि बरामद गर्ने गरेका छन् । उनले बरामद सामान तुरुन्त भन्सारमा नबुझाई एकैपटक महिनामा बुझायने र यति मूल्य बराबरको सामान बरामद गरेको भनेर मिडियाबाजी गर्ने गरेको आरोप पनि छ ।
सशस्त्र प्रहरीमा बीओपी र भन्सार गुल्मका प्रमुख ६–६ महिनामा परिवर्तन हुने गर्दछ । तर रिजाललाई भने यो नीतिबिपरीत ९ महिना बीरगंजको भन्सार गुल्ममा राखिएको थियो । त्यसलगत्तै स?वा नीतिबिपरीत धनुषाको ठूलो तस्करीको नाका महिनाथपुर गुल्ममा काज गरिएको थियो । उनको अहिले दरबन्दी कायम भएको छ ।
डीएसपी रिजालको बालुवाटारमै पहुँच भएकाले सशस्त्रको नेतृत्वले उनलाई पटकपटक आकर्षक स्थानमा इन्चार्ज बनाउँदै आएको आरोप छ । डीएसपी रिजालले झोलेपोके र घरायसी सामान ल्याउनेलाई दुःख दिने तर ठूलो परिणाममा सामान ल्याउने तस्करह?सँग सेटिङ मिलाउने गरेको आरोप छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend