Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इमाडोलमा एक महिला इनारभित्र खसिन्, उद्धार कार्य जारी


    सोमबार, माघ १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको इमाडोलमा एकजना महिला इनारभित्र खसेकी छन् । दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेको र उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    आज बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन् । इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन् ।

    ‘उहाँलाई चोटपटक लागेको छ, बोलिरहनु भएको छ, उद्धारको प्रयास भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय ललितपुरका एक अधिकृतले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार