Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको पेसी आज


    आइतबार, पुष २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ । २०६४ साल चैतमा संविधानसभा चुनावमा मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा जिल्ला अदालत रौतहट आज पेसी तोकेको हो ।

    गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

    सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार