Wedding Diary Nepal - Shahnawaz - all rights Reserved
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले कोशीमा पार्टीले सभामुख लिएको विषयमा आफ्नो पार्टीभित्र दुई मत देखापरेको गुनासो गरेका छन् । पार्टीभित्र यसबारे दुईथरी विचार आएको लिङदेनले बताएका छन् ।
भृकुटीमण्डपमा राप्रपाले आयोजना गरेको राष्ट्रिय एकता दिवसमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङदेनले भने, ‘सभामुखमा हामी कोशीमा मात्रै सहभागी भएको होइन, योभन्दा अगाडि बागमतीमा पनि हाम्रो सहभागिता छ । लुम्बिनी प्रदेशमा उपसभामुखका रुपमा हाम्रो सहभागिता छ । यो नौलो कुरा होइन ।’
लिङदेनले अगाडि भने, ‘तर अहिले परिवर्तित सन्दर्भमा कोशी प्रदेशमा सभामुखमा हामी जाने कि नजाने भन्ने छलफलकै विषय थियो । हतार गर्नुहुन्न भन्ने हामी सबैको सहमति थियो । म देशबाहिर भएका बेला हाम्रो कोशी प्रदेशका साथीहरूले निर्णय गरेर सहभागी हुनुभयो ।’
अध्यक्ष लिङदेन भन्छन्, ‘यस विषयमा विभिन्न मतहरु छन् । एकथरि साथीहरूको चर्को स्वरमा तुरुन्तै फिर्ता हुनुपर्छ भन्ने पनि छ । अर्कोतर्फ साथीहरुको के तर्क छ भने कोशीमा मात्र होइन, हामी त अगाडिदेखि नै सहभागी छौं । प्रदेशसभामा होस् वा प्रतिनिधिसभामा, यदि संसदमा हामी छौं भने त्यसको सर्वोच्च पद सभामुख हामीले कसैसँग शर्त नगरिकन पाउँछौं भने त्यो कसरी अन्यथा हो, त्यो कार्यकारी पद पनि होइन भन्ने तर्क पनि साथीहरुको छँदैछ । सदस्य हुने सभामुखचाहिँ नहुने भन्ने कुरा पनि छ ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend