Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखराको मित्रमिलन सहकारीका लेखा संयोजक पक्राउ


    बिहिबार, पुष २६ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखरास्थित मित्रमिलन सहकारीका लेखा समिति संयोजक पक्राउ परेका छन् । सहकारीको रकम अपचलन गरेको आरोपपछि फरार रहेका सूर्यबहादुर अधिकारीलाई कास्की प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

    रकम अपचलन भएको र बचत फिर्ता नभएको आरोपसहित बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो । करिब २७ करोड अपचलन भएको रिपोर्ट प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

    सोही आधारमा अदालतमा मुद्दा दर्ता भएको छ । ठगी आरोपमा अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीसहित सदस्यहरु गोपाल खनाल, सल्लाहकार राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि थुनामा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार