Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभा सदस्य : गण्डकीमा सत्ता गठबन्धन, एमाले र राप्रपाका उम्मेदवारले गरे मनोनयन दर्ता


    सोमबार, पुष २३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा। आगामी महिनामा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुले आज मनोनयन दर्ता गराएका छन् ।

    एमालेबाट महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अपाङ्गता भएका वा अल्पसंख्यकबाट मुस्ताङका हेमन्त शेरचनाले उम्मदेवारी दर्ता गराएका छन् ।

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्य तर्फ कास्कीका रोमबहादुर भण्डारी र महिलातर्फ तनहुँकी गौमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।सत्ता गठबन्धन दल नेपाली कांग्रेसबाट अन्ततर्फ गोरखाका किरणबाबु श्रेष्ठ र अपाङ्गता भएका वा अल्पसंख्यकबाट तनहुँका पदम परियारले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यस्तै, माओवादी केन्द्रबाट महिलातर्फ पर्वतकी मनरुपा शर्मा सुवेदीले उम्मेदवारी दर्ता गराएकी छन् ।

    माघ ११ गते गण्डकीमा महिला १, अपाङ्गता भएका वा अल्पसंख्यकमध्येबाट १ र अन्य १ सिटका लागि निर्वाचन हुँदैछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार