Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रेलवे प्रभावितको चेतावनी- माघ २ गतेभित्र मुआब्जा नदिए आन्दोलनमा उत्रने 


    सोमबार, पुष २३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रेलवे प्रभावित तथा मुआब्जा समन्वय समिति कोसी प्रदेशले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित रूपमा तीनबुँदे माग राखेको छ ।

    समिति महासचिव रञ्जित प्रसाईंका अनुसार सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर माग प्रस्तुत गरिएको हो । पूर्वपश्चिम विद्युतीय रेलमार्ग काँकरभिट्टा–इनरूवा खण्डको प्रभावितहरूको तर्फबाट झापा, मोरङ, सुनसरी जिल्लाको जिप्रकामार्फत रोक्का राखिएको घर जग्गा तथा लिगलिगापातको मुआब्जा वर्तमान दररेट अनुसार एक महिनाभित्र उपलब्ध गराउन माग गरिएको छ ।

    यस्तै, समितिले आफूहरूले उठाएको माग पूरा नगरे रेल्वे पीडित तथा प्रभावितहरू अन्य जनमानसलाई साथ लिई कानुनी उपचार तथा संघर्षको कार्यक्रममार्फत प्रदर्शनमा उत्रने चेतावनी पनि दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार