Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मकवानपुरमा माछा मार्न गएका पुरूष खोलामा मृत भेटिए


    सोमबार, पुष २३ २०८०
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मकवानपुरमा एक जना अन्दाजी ३५ वर्षीय पुरूष मृत फेला परेका छन्।

    बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरे बस्ने गोपाल थिङ सोमबार २:१५ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

    उनका अनुसार थिङ आइतबार अपराह्न ४ बजे घरबाट माछा मार्न जान्छु भनेर निस्किएका थिए। तर उनी अबेरसम्म पनि नफर्किएपछि आफन्तहरू खोजी गर्न हिँडेका थिए।

    खोजी गर्नेक्रममा उनको शव बागमती खोलामा फेला परेको हो।

    प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार