Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डी ब्रुयना फर्किँदा सिटीको गोल वर्षा


    सोमबार, पुष २३ २०८०
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । केभिन डी ब्रुयना गत अगस्त यता पहिलोपटक खेल मैदानमा फर्किँदा म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनमाथि सहज जीत हासिल गरेको छ । एफए कपको तेस्रो चरणको खेलमा साबिक विजेता सिटी ५–० गोलले विजयी बनेको हो ।

    खेलको ३३ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५ मिनेटपछि नै जुलियन अल्भारेजले दोस्रो गोल थपे ।

    दोस्रो हाफमा बेन ज्याकसनले हडर्सफिल्डका लागि आत्मघाती गोल गरे । ६५ औँ मिनेटमा फोडेनले खेलमा व्यक्तिगन दोस्रो गोल गरे । ७४ औँ मिनेटमा डी ब्रुयनाले जेरेमी डोकुका लागि गोलको अवसर सिर्जना गरेपछि टोली सहजै चौथो चरणमा प्रवेश गर्न सफल भयो ।

    अन्य खेलमा लिड्सले पिटरब्रोलाई ३–० ले हरायो भने व्रेक्सह्यामले स्रिउसबरीलाई १–० ले पराजित गर्‍यो । वेस्ट ब्रोमले एल्डरसटमाथि ४–१ को जीत हासिल गर्न सफल भयो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार