काठमाडौँ । काठमाडौँमा लागू औषध गाँजा मिसाएर केकको व्यापार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौँको घट्टेकुलोबाट विशन मानन्धरलाई पक्राउ गरेको हो ।
ती युवकले इन्स्ट्राग्राममार्फत समेत अकाउन्ट बनाउँदै लागूऔषध प्रयोग गरी मुफिन लगायतको केक बनाउँदै बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ । यसबारे सूचना प्राप्त भएपछि ब्युरोको टोलीले मानन्धरलाई निजकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनको घर–कोठाबाट विभिन्न लागू औषध समेत बरामद गरेको छ।
पक्राउ गरिएका विशन मानन्धरले आफ्नै घरमा विगत १ बर्ष देखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरु बनाई अनलाइन डेलिभरी गर्ने गरेका थिए।
उनीमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend