काठमाडौं । औषधि ब्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले केही फार्मेसी अधिकृतहरुको सरुवा गरेका छन् । गतहप्ता ढकालले फार्मेसी अधिकृतहरु सुस्मिता मरासिनी, निकेश श्रेष्ठ, अरविन्द बनियाँ, संजीव कट्टेलको सरुवा गरेका छन् । उद्योग शाखामा रहेका संजीवलाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ भने बनियाँलाई बीरगंज कार्यालयमा सरुवा गरिएको छ ।
निकेशलाई बिराटनगर कार्यालयमा र मरासिनीलाई प्रयोगशालामा सरुवा गरिएको हो । ढकाल महानिर्देशक भएपछि निरीक्षण शाखाबाट बनियाँको जिम्मेवारी खोसेर अतिरिक्तमै जस्तो राखिएको थियो । कट््टेल ढकाल आउनुअघिका महानिर्देशक भरत भट्टराईको कार्यकालमा उद्योग शाखामा कार्यरत थिए । मरासिनी श्रीमान प्रयोगशालातिरै काम गर्ने भएपछि उनकै चाहनाबमोजिम त्यहाँ खटिएकी हुन् । सरुवा भएका मध्ये कट्टेलले अझै पनि पत्र बुझ्न इन्कार गरेका छन् ।
विभागको उद्योग शाखा फार्मेसी अधिकृतका लागि आकर्षक मानिन्छ । उनी पूर्व महानिर्देशक भट्टराई निकट भएको र उनलाई ढकालको कुरा लगाएको आरोपमा सरुवा गरिएको बताइन्छ । उनको सरुवा हुनुमा यतिमात्र कारण भने पर्याप्त होइन, उनी नेपाल फार्मेसी एशोसिएसनका महासचिव समेत हुन् । एमालेनिकट कट्टेल एशोसिएसनको महासचिव भएपछि बिभागमा कम समय दिने, सेवाग्राहीसँग सहजै भेट्न इन्कार गर्ने र केही औषधि कम्पनीहरुको इशारामा चल्ने गरेको आरोप लाग्दैआएको छ ।
पीडितहरुले उनका बारेमा मौखिक उजुरी मुख्यसचिव बैकुन्ठ अर्याल र मन्त्रालयको नेतृत्वलाई मात्र होइन, विभागकै महानिर्देशक ढकाललाई समेत पटक पटक गर्दैआएका थिए । उनको शाखामा काम नभएर कयौं फाइलहरु पेन्डिङमा रहेका छन् । औषधि उद्योगको उत्पादन तथा मार्केटिङ लाइसेन्स उनले रोकिंदिदा उत्पादनको तयारीमा रहेका औषधि र उत्पादन भएका औषधिको बजारीकरणमा समस्या थियो ।
औषधि जस्तो संवेदनशील बिषयमा कट्टेलले हेलचक्रयाई गरेकै कारणले उनको सरुवा भएको बताइन्छ । उनी सरुवा भएको चर्चासँगै विभाग आउन छाडेका छन् भने पत्र पनि बुझेका छैनन् । उनी सरुवा थमौतीका लागि महानिर्देशक ढकाललाई दबाब दिन बिभिन्न शक्तिकेन्द्र धाइरहेका छन् । एउटै आँगनमा रहेका निवर्तमान महानिर्देशक भरत भट्टराईले ढकाललाई छिर्के हान्न अनेक तिकडम गरिरहेका छन् । ढकालले नेतृत्व गरेको औषधि ब्यवस्था विभाग, भट्टराईले नेतृत्व गरेको प्रयोगशालाको कार्यालय एकै आँगनमा छ । दुबैको आउजाउ उक्त परिसरभित्र दिनहुँ हुने गरे पनि सम्बन्ध भने ३६ को आँकडा जस्तै छ । एकले अर्काको उछित्तो काढ्ने काममा दुबै बराबरजस्तै छन् ।
बिराटनगरमा १६ बिघा जमिनको मालिक बताउने भरत भट्टराई आफू सुशासनको नायक नै जस्तो गुड्डी हाँक्छन् तर घुस भने ५ हजार समेत नछाड्ने भनेर चिनिन्छन् ।
त्यस्तै स्याङ्जाका ढकाल भ्रष्टाचार नियन्त्रण आफ्नो कार्यकालको पहिलो एजेन्डा भन्न छुटाउँदैनन् । तर ब्यवहारमा औषधि उद्योगीहरुसँग यो वा त्यो बहानामा घुस असुलिरहन्छन् । उनले अघिल्लो पटक महानिर्देशक हुँदा भारतीय औषधि सूचीकरण गर्दा गरेको घोटालामा अख्तियारले समेत छानबिन गरेको थियो । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले महानिर्देशकमा योग्य भनेर पठाइएका ढकालको सुशासन कति छ भन्ने कुरा अख्तियारमा उनले गरेका अनियमितताका उजुरीबाटै छर्लङ्ग हुन्छ ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend