Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सांसद लामाले प्रधानमन्त्री प्रचण्डलाई बुझाइन् ११ बुँदे मागपत्र


    शनिबार, पुष २१ २०८०
    900
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। सांसद छिरिङ ल्हामु लामाले कर्णालीको विकास र परिवर्तनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नै ११ बुँदे मागपत्र पेस गरेकी छन् । उनले कर्णालीका लागि आवश्यक र तत्काल गर्न सकिने विकासे योजना तथा रणनीतिको फेहरिस्त प्रधानमन्त्रीलाई दिएकी हुन् ।

    उनको पत्रमा सुर्खेत–जुम्ला राजमार्गदेखि हिमाली यातायातसम्मका आयोजनाहरू उल्लेख छन् । लामाले ग्रेट हिमालयन पदमार्गलाई व्यवस्थित, भरपर्दो र पर्यटकीय मैत्री बनाउन ग्रेट हिमालयन पदमार्ग विकास तथा समृद्धि योजना घोषणा गर्नुपर्ने माग राखेकी छिन् । उक्त पदमार्गलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

    ‘गणतन्त्र स्थापनाका लागि सबैभन्दा बढी बलिदानी गरेको प्रदेश कर्णाली हो,’ लामाले भनेकी छिन्, ‘यहाँका जनताको भावनालाई उच्च सम्मान गर्नका लागि दश जिल्ला जोड्ने कर्णाली चक्रपथ सडकको निर्माण आवश्यक देखिन्छ । उक्त सडकको नाम जनयुद्ध स्मृति सडक नामकरण गरिनुपर्ने गरी घोषणा गर्नुपर्ने कुरा पनि राखिएको छ ।’

    कर्णालीको वाणिज्य क्षेत्रको विकासको लागि हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरील्ला नाकासम्म पुग्ने स्तरीय उत्तर–दक्षिण सडक निर्माण गर्नुपर्ने प्रस्ताव पनि उनले राखेकी छन् । यी नाकाहरूमा व्यवस्थित भन्सार राख्न सकिए कर्णालीले देशलाई व्यापार क्षेत्रमा ठुलो योगदान गर्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार