Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बरहथवा घटना छानबिनका लागि तीन सदस्यीय समिति गठन


    शनिबार, पुष २१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सर्लाहीको बरहथवा घटनाको छानबिनका लागि गृहमन्त्रालयले तीन सदस्यीय समिति बनाएको छ। आज गृह मन्त्रालयले सो घटना छानबिनका लागि समिति बनाउने निर्णय गरेको हो ।

    समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम रहेका छन् । सदस्यहरूमा नायब महानिरीक्षक प्रहरी महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी छन् ।

    शुक्रवार सर्लाहीको बरहथवा नगरपालिका–५ मा गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार