Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री ज्वालाले भने- सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउछौं 


    शनिबार, पुष २१ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्ने टिप्पणी गरेका छन् ।

    नेपाल ट्रक यातायात व्यवसायी महासंघले आज ललितपुरको सानेपामा गरेको कार्यक्रममा उनले संसदको आगामी अधिवेशनमा सार्वजनिक खरिद ऐनको संशोधन विधेयक पेश गर्ने बताएका हुन् । संशोधन गरेर सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउने उनको भनाइ छ ।

    ‘नयाँ खरिद ऐन आउँछ । अहिलेको समसामयिक सन्दर्भहरुलाई सम्बोधन गर्नेगरी विकासमैत्री ऐनको रुपमा हामीले ल्याउँदैछौं । केही समय पछि हामी त्यो पार्लियामेन्टमा पेश गर्छौं’, उनले भने ।

    आफू मन्त्री हुनेवित्तिकै सार्वजनिक सडकसम्बन्धी कानुन र सवारी तथा यातायातसम्बन्धी कानुनलाई नयाँ रुपमा अगाडि बढाउन प्रयास गरेको मन्त्री ज्वालाले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार