Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चेक बाउन्सको आरोपमा एक व्यक्ति पक्राउ


    शनिबार, पुष २१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • खोटाङ। प्रहरीले चेक बाउन्सको आरोपमा एक जनालाई पक्राउ गरेको छ। मोरङ कानेपोखरी गाउापालिका–१ का ३७ वर्षीय सुवास न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार न्यौपानेले खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालि.को क्रसर र जेनेरेटर मेसिन वापतको १५ लाख रुपैयाँ माछापुच्छ्रे बैंकको चेकमार्फत् दिएको र बैंकमा साट्न जाँदा रकम नभएको भन्दै उजुरी परेपछि प्रहरीले न्यौपानेलाई पक्राउ गरेको हो ।

    उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको समन्वयमा पुस १९ गते बेलुकी साढे पाँच बजे पक्राउ गरी खोटाङ पुर्‍याइएको हो । उनलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक कार्कीले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ का खगेन्द्र राईको जाहेरीको आधारमा उनलाई बैंकिङ कसुरमा प्रहरीले पक्राउ गरेको हो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार