Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका दलहरूबीचमै सिट बाँडफाँट हुने


    शनिबार, पुष २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आसन्न राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीचमै सिट बाँडफाँट हुने भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले गठबन्धनमा रहेका दलहरूबीचमै सिट बाँडफाँट गर्ने निर्णय गरेको हो ।

    उक्त बैठकका निर्णय सुनाउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी चार दलका नेताहरूबीच भएको छलफलले गठबन्धनभित्रकै दलहरूबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए । सरकारमा सहभागी दलहरूको गठबन्धनले राष्ट्रि सभाको चुनाव लड्ने बताए ।

    राष्ट्रियसभाको सदस्य निर्वाचनको विषयलाई लिएर आज साँझ पुनः बैठक बस्नेछ । गठबन्धनमा सहभागी सबै दलहरूको बैठकबाट राष्ट्रियसभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको छ ।

    “सत्ता गठबन्धनमा पनि आफ्नो आफ्नो हिसावले दाबी गर्नुभएको छ, पार्टीहरूले । साँझसम्ममा टुंगोमा पुग्छौँ,” लेखकले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार