Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभा निर्वाचन: कर्णाली प्रदेशमा शतप्रतिशत मतदान


    बिहिबार, माघ ११ २०८०
    1.6K
    Shares
    सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदानका लागि लाइनमा बस्दै कर्णाली प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु। तस्बिर: सुरेश आचार्य / रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान समाप्त भएको छ ।

    यहाँ शतप्रतिशत मतदान भएको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए । दिउँसो ३ बजेसम्म मतदानको समय भए पनि त्यसअघि नै शतप्रतिशत मत खसेको उनले बताए ।

    प्रदेशसभा सदस्य ४० र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुख १५६ गरी कुल १९६ जनाले मतदान गरेका हुन् ।

    कर्णालीमा तीन पदका निम्ति निर्वाचन भएको हो । दिउँसो ३ बजेपछि मतगणना सुरु गरिने रावलले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार