Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • राष्ट्रियसभा निर्वाचन: कोसीका मुख्यमन्त्री कार्कीले गरे मतदान


    बिहिबार, माघ ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मतदान गरेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर कार्कीले मतदान गरेका हुन् ।

    निर्वाचन आयोगले आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

    निर्वाचनमा यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र)की चम्पा कार्की, नेकपा (एमाले)की रुक्मिणी कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उद्धव पौडेल चुनावी मैदानमा छन् ।

    राप्रपा र एमालेले एकार्कालाई सघाउने निर्णय गरेका छन् । एमालेले आफ्ना उमेदवार पर्शुराम अधिकारीलाइ निष्क्रिय गराई राप्रपालाई सघाउने सहमति गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार